भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरले तोक्यो २९ वटै वडामा खोप केन्द्र

416
Shares

काठमाडौँ, २६ असार । ललितपुर महानगरपालिका भित्र आइतबार र सोमबार (भोलि र पर्सी) कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान सुरु हुँदै छ । महानगरभित्र पहिलो डोज भेरोसेल लगाएका १३ हजार ४६० जनालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले गत २५ जेठ यता पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन थालिएको बताए । उनले त्यसअघि नै पहिलो डोज लिएका ललितपुरबासीहरुलाई पनि दोस्रो डोज दिने योजना बनाएको जानकारी दिए ।

महानगरले २९ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने बताएको छ ।

‘यसपटक अस्पतालमा हुँदैन, कतै स्कुल होला, कतै सार्वजनिक अन्य स्थल होला, कतै वडा कार्यालय होला । सबै वडामा खोप केन्द्र हुनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख डा गेलालले भने ।

यसअघि ललितपुरले दुई नगरपालिका र तीन गाँउपालिकामा दोस्रो डोज खोप लगाईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *