देशभर थप १८७५ जनामा कोरोना संक्रमण, १२८६ संक्रमणमुक्त

काठमाडौँ, २४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार २ सय ८६ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर बिधिबाट ५ हजार ३७४ र एन्टीजेन विधिबाट ५ हजार १३० गरी कुल १० हजार ५ सय ४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ८ सय ७५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७२ र भेन्टीलेटर १५७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *