शनिबार देशभर थपिए २३२८ जना कोरोना संक्रमित, ३०६६ संक्रमणमुक्त
काठमाडौँ, १९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप ३ हजार ६६ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ५ हजार ८ सय ३७ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ९६ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार १सय ३३ जनाको कोभिड९१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ३ सय २८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये आज काठमाडौँमा २४६ ,भक्तपुरमा ४९ र ललितपुरमा ८१ जना गरी काठमाडौँ उपत्यकामा ३७६ जना थपिएका छन् ।
यो संगै नेपालमा पीसीआर एन्टीजेन बिधिबाट गरी कुल ३५ लाख ६४ हजार ६५८ नमुना परीक्षण भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । भने निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ६३२ र भेन्टीलेटर १८१ जना संक्रमित उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]