आगामी शुक्रबार चीनबाट १० लाख डोज भेरोसेल खोप आउने

524
Shares

काठमाडौँ, १८ असार । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप (भेरोसेल) को १० लाख डोज आगामी शुक्रबारसम्म काठमाडौँ आइपुग्ने भएको छ । खोप लिन नेपाल एयरलायन्सको वाइडबडी विमान आगामी बिहीबार बेइजिङ जाने भएको छ ।

नेपाल बायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन आगामी बिहीबार नेपाल एयरलायन्सको विमान बेइजिङ जाने बताए । उनले भने, ‘आगामी ८ तारिखका दिन बेइजिङ जाने र ९ तारिख (शुक्रबार) फर्कने कार्यक्रम बनेको छ । यो लटमा १० लाख डोज खोप आउने छ ।’

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसंग ४० लाख डोज भेरोसेल खोप खरीदका लागि नन् डिस्क्लोजेवल एग्रिमेन्ट गरेको छ । त्यसैको पहिलो लट आगामी शुक्रबार आउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले १० लाख ल्याएपछि अरु खोप पनि चरणबद्ध रुपमा आउने बताएका छन् ।

यसअघि चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदानमा पठाईसकेको छ । यो खोप अहिले १८ बर्ष देखि माथि उमेर समूहका लागि दिईदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *