देशभर २६३६ जनामा कोरोना संक्रमण, ४३४८ संक्रमणमुक्त


काठमाडौँ, १५ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार ३ सय ४८जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसारर ७ हजार २ सय ५९ जनाको पीसीआर बिधिबाट र ४ हजार ४ सय ८९ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ७ सय ८४ जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ६ सय ३६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३ सय २ , भक्तपुरमा ५६ र ललितपुरमा १ सय जना गरी काठमाडौँ उपत्यकामा ४ सय ५८ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६४९ र भेन्टीलेटर १८४ जना उपचाररत छन् ।

त्यसैगरी आज थप २० जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *