देशभर २४४४ जना कोरोना संक्रमित थपिए, ३८५३ जना निको भए


काठमाडौँ, १४ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ८ सय ५३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसारर ६ हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ९ सय ९२ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ६४० जनाको कोभिड(१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४ सय ४४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३ सय ५५ , भक्तपुरमा ४७ र ललितपुरमा १ सय १२ जना गरी काठमाडौँ उपत्यकामा ५ सय १४जना थपिएका छन् ।

त्यसैगरी आज थप ४२ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ९१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *