देशभर १९२० जना कोरोना संक्रमित थपिए, ३००७ जना निको भए


काठमाडौँ, १३ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार ६ हजार जनाको पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार ८३६ जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ९२० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा २९२ , भक्तपुरमा ३२ र ललितपुरमा १ सय जना गरी काठमाडौँ उपत्यकामा ४२४ जना थपिएका छन् ।

त्यसैगरी आज थप ३४ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *