कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत नियुक्त
काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत नियुक्त भएका छन् ।
तत्कालिन स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति शेरबहादुर तामाङले ३ असारमा उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् ।
त्यसअघि प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको महत सहित तीन जनाको नाम सिफारिस गरेका थिए ।
रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने व्यवस्था छ ।
रजिष्ट्रार पदको कार्यकाल चार बर्षको रहनेछ ।
महत यसअघि नेकपा एमालेको भातृ संस्था युवासंघका उपाध्यक्ष हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



