विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

112
Shares


काठमाडौँ, १० असार । विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड नाघेको छ । विश्वभर हालसम्म १८ करोड ३ लाख ७२ हजार  संक्रमित रहेका छन् । भने १६ करोड ५० लाख ९८ हजार ६१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ३९ लाख ७ हजार ६६१ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर संक्रिय संक्रमितको संख्या १ करोड १३ लाख ६६ हजार ६३८ रहेको छ । ८१ हजार ४७१ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैहरेको समाचार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरी कोरोनाको दोस्रो लहर आएसंगै सबैभन्दा बढी संक्रमित भएको देश भारतमा पनि संक्रमितको संख्या तीन करोड नाघिसकेको छ । पछिल्लो समय दैनिक संक्रमित र मृतकको संख्यामा भने कमी आएको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ४९ हजार ४ जना रहेको छ भने संक्रमित मध्ये २ करोड ८८ लाख ४६ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *