पछिल्लो २४ घण्टमा थप २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु
काठमाडौँ, ७ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार २ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार १ सय ३० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ९०४ जनाको कोभिड(१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार २९७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये आज काठमाडौँमा २८५ , भक्तपुरमा ३३ र ललितपुरमा ६१ जना गरी काठमाडौँ उपत्यकामा ३७९ जना थपिएका छन्।
त्यसैगरी आज थप ४६ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ८११ र भेन्टीलेटरमा २३७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ।
सम्पर्क इमेल : [email protected]