पछिल्लो २४ घण्टमा थप २४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना डिस्चार्ज

काठमाडौँ, ६ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ४ सय ५६ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार चौविस घण्टामा पीसीआर र एन्टीजेन विधिबाट गरी कुल १० हजार ९५६ जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४४२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ४५० , भक्तपुरमा २५ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ५२८ जना थपिएका छन्।

त्यसैगरी आज थप ५१ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७२६ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ८७१र भेन्टीलेटरमा २५० जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *