देशभर थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ संक्रमणमुक्त


काठमाडौँ, ३ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप २ हजार १ सय ४१ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८८.६ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ७ हजार ७ सय ११ जनाको पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ४ सय ८४ जनाको कोभिड९ १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ६ सय ७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ४१३ , भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना गरी काठमाडौँ उपत्यकामा ५७० जना थपिएका छन्।

त्यसैगरी आज थप ३९ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *