ट्याङ्कर चालक र सहचालकलाई कोभिडबिरुद्धको खोप दिईंदै

252
Shares

काठमाडौँ, २ असार । सरकारले पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्कर चालक र सहचालकलाई कोभिडबिरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । आफूहरुले खोप पाउनुपर्ने माग गर्दै ट्याङ्कर चालकहरुले पेट्रोलियम पदार्थको ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो ।

बुधबार आयाल निगम, स्वास्थ्य सेवा विभाग र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको बार्तापछि खोपको  व्यवस्था गर्ने निर्णय भएको छ । खोप पाउने भएपछि चालकहरु नियमित रुपमा काममा फर्केका छन् ।

आयाल निगम स्रोतका अनुसार अलमेखगञ्जमा करीब १ हजार ४०० जना चालक तथा सहचालक र थानकोटमा करीव ९ सय जना चालक तथा सहचालक गरी करीब २३ सय जनाका लागि खोपको व्यवस्था मिलाइएको छ ।

‘अमलेखगञ्जमा हिजो देखि नै खोप सुरु भईसक्यो, करीब ३०० जनाले त लगाईपनि सके, काठमाडौँमा सशस्त्र प्रहरी अस्पतालमा चालक तथा सहचालकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । बुधबार र विहीबार खोप लगाउने व्यवस्था मिलाइएको छ,’ आयल निगम स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *