मंगलबार थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ संक्रमणमुक्त

368
Shares

काठमाडौँ, १ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ७ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ४ हजार १ सय ८७ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८८.३ प्रतिशत रहेको छ । त्यसैगरी आज थप ४१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार २९० जनाको कोभिड( १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ७ सय ४५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ४५५ , भक्तपुरमा १६ र ललितपुरमा ७४ जना गरी काठमाडौँ उपत्यकामा ५४५ जना थपिएका छन्।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ९६७ जना र भेन्टीलेटरमा २८५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *