आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ


कर्णाली, २८ जेठ । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन्।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए।

आयुर्वेद अस्पताल प्रमुख डा रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन्। घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *