स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति : १४ कित्ता जग्गा, २२ तोला सुन

760
Shares

काठमाडौँ, २७ जेठ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले गत २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गर्दै थप विवरण वेवसाइटमा राख्ने बताएका थिए । सोही अनुसार उनले बुधबार विवरण वेवसाइटमा राखेका छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ । मन्त्री तामाङले आफ्नो नाममा २२ तोला सुन रहेको उल्लेख गरेका छन् ।

यस्तै आफ्नो र पत्नीको नाममा साढे ३ लाख बढी नगद बैंकमा मौज्दात रहेको, २० लाख बराबरको शेयर रहेको समेत उल्लेख गरेका छन् । आफ्नो नाममा मोटरसाइकल र श्रीमतीको नाममा एउटा कार रहेको समेत उनले विवरणमा उल्लेख गरेका छन् ।

यस्तो छ सम्पत्ति बिबरण

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *