देशभर थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त

500
Shares

काठमाडौँ, २६ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ५ हजार ७ सय ६८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ८१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार चौविस घण्टामा थप १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ४ हजार ३ सय ४४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ६ सय ७९ , भक्तपुरमा ८५ र ललितपुरमा १ सय ५१ जना गरी काठमाडौँ उपत्यकामा  ९ सय १५ जना थपिएको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *