कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन

2.0k
Shares

काठमाडौँ, २४ जेठ । कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको निधन भएको छ । कोटेश्वरस्थित गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहेका डा. सुवेदीको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा आइतबार राती करीब पौने १२ बजे निधन भएको हो ।

डा. सुवेदीमा २५ दिनअघि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

संक्रमणले च्याप्दै गएपछि ४२ बर्षीय सुवेदी दुई साता देखि धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो । अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो ।

ह्याम्स अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले सुवेदीको अवस्था आफूकहाँ आईपुग्दा नै अत्यन्त जटिल रहेको बताए । अक्सिजन लेभल एकदमै कम थियो । हाइफ्लो दिनु पर्ने अवस्था थियो । निमोनिया एकदमै कडा थियो । त्यो अवस्थामा उपचार गर्दै जाँदा उहाँको अवस्था सुधार हुन सकेन,’ डा शर्माले भने ।

डा. सुवेदी इमाडोल ललितपुरका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *