शनिबार देशभर थपिए ५०४२ जना कोरोना संक्रमित, ८२४३ जना संक्रमणमुक्त


काठमाडौँ, २२ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ८ हजार २ सय ४३ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ६८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७२३ , भक्तपुरमा ७३ र ललितपुरमा १४१ जना गरी थप ९ सय ३७ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट गरी कुल १६ हजार ८ सय १४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ५ हजार ४२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय र निको हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ४ सय ५१ जना र भेन्टीलेटरमा ३८४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *