नेपाल टेलिकमले सबै स्वास्थ्यकर्मीलाई एक महिनासम्म निशुल्क अनलिमिडेट भ्वाइस प्याक दिने

काठमाडौँ, ९ जेठ । नेपाल टेलिकमले कोभिड १९ बिरुद्धको अग्रमोर्चामा खटिएका सबै स्वास्थ्यकर्मीहरुलाई एक महिनाको लागि निशुल्क अनलिमिडेट भ्वाइस प्याक उपलव्ध गराउने भएको छ । ‘थ्याङ्क्यु हेल्थकेयर वर्कर’ नाम दिइएको यो सुविधा चिकित्सक, नर्स, प्यारामेडिक्स, आयुर्वेदकर्मी, फार्मासिस्ट आदी सबैले पाउने छन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सि ङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखहरुले सो सुविधा सम्वन्धी सम्झौँतामा हस्ताक्षर गरेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनालले टेलिकमबाट सबै किसिमका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निशुल्क अनलिमिडेट भ्वाइस प्याक दिने निर्णय भएको बताए । उनले यसको प्रभावकारिता हेरी अवधी बढाउन समेत टेलिकम सकारात्मक रहेको बताए । उनले सुविधा लिनका लागि आफू दर्ता भएका निकायले जारी गर्ने लिंकमा अनलाइन रजिष्टेसन गर्न सकिने बताए ।

‘हामी अन्तरगर्त भएकाले हामीलाई आफ्नो नम्बर रजिष्टेसन गर्नु पर्ने भयो । नर्सहरुले नर्सि ङ परिषदमा, चिकित्सकले काउन्सिलमा,’ उनले स्ष्पष्ट पारे ।

सम्झौँतामा टेलिकमको नम्बर आफ्नै नाममा दर्ता भएको हुनुपर्ने बताइएको छ । नम्बर नहुनेले त्यहि लिंकमा गएर नयाँ नम्बर लिनका लागि आवेदन गर्ने र सुविधा लिन सकिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *