कोभिडबिरुद्ध खटिएका अस्पतालका ‘फ्रन्टलाइनर’लाई ५० प्रतिशत जोखिम भत्ता दिईदै

काठमाडौँ, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड -१९ को उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मी देखि सरसफाईकर्मीलाई जोखिम भत्ता दिने प्रक्रिया अघि बढाएको छ ।

गत १९ बैशाखको मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्यकर्मी देखि सरसफाईकर्मीसम्मलाई ५० प्रतिशत जोखिम भत्ता दिने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले गत बुधबार जारी गरेको सूचना अनुसार कोभिड -१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन, शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी र सुरक्षाकर्मीहरुलाई शुरु तलवस्केलको ५० प्रतिशत जोखिम भत्ता दिने भनिएको छ । त्यसका लागि उल्लेखित कर्मचारीको विवरण पठाउन देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ ।

मन्त्रालयले अस्पतालहरुसंग त्यसरी खटिएका व्यक्तिको ड्युटि रोस्टर, बेशाख महिनासम्मको पे रोल, बैक खाता, पान नं समेत मागेको छ ।
हेरौँ पत्र :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *