कोरोना कुल संक्रमित मध्ये देशभर १९८० जना आइसीयू र भेन्टिलेटरमा
काठमाडौँ , ४ जेठ । नेपालमा कोरोना कुल संक्रमित मध्ये देशभरमा रहेका कोभिड अस्पतालमा १ हजार ९ सय ८० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका कोभिड अस्पतालमा १ हजार ५ सय ९० जना आइसीयू र ३ सय ९० जना संक्रमित भेन्टिलेटरमा गरी १ हजार ९ सय ८० जना उपचाररत छन्।
प्रदेश नं १ मा १९४ आइसीयू र ४३ भेन्टिलेटरमा, प्रदेश नं २ मा २२५ आइसीयू र ४६ जना भेन्टिलेटरमा छन् । त्यसैगरी सबैन्दा बढी बागमती प्रदेशमा ७९१ आइसीयू र २४४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ११३ जना आइसीयू र २४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४४ जना आइसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ८२ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी काठमाडौँ उपत्यकाका बिभिन्न कोभिड अस्पतालमा ३९१ जना आईसीयूमा र १४७ जना भेन्टीलेटरमा उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]