पहिलो खोप लगाएको व्यक्ति कोरोना संक्रमणमा परे दोस्रो खोप कहिले लगाउने ?

8.3k
Shares
-डा. झलक गौतम, प्रमुख स्वास्थ्य – सेवा विभाग खोप शाखा

आजबाट काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान शुरु भएको छ । अरु जिल्लामा पनि विस्तारै सुरु हुँदैछ ।

अहिले धेरैको जिज्ञासा, पहिलो खोप लगाएपछि कोरोना संक्रमणमा परे दोस्रो खोप लगाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने कति दिन पछि लगाउने ? वा संक्रमणमा परेका व्यक्तिले कति दिन पछि खोप लगाउने जस्ता आउने गरेको छ ।

यहाँहरुलाई भन्न चाहन्छु सरकारले कोरोना खोप सम्वन्धमा बनाएको गाइडलाइनमै स्पष्ट रुपमा उल्लेख छ कि,  कुनै पनि व्यक्ति खोप लगाउने व्यक्ति कोरोना संक्रमणमा परेको छ भने निको भएको ३० दिन पछि मात्रै खोप लगाउन सकिन्छ । यसमा पहिलो डोज खोप होस वा दोस्रो डोज खोप ।

अब भेरोसेलकै कुरा गर्ने हो भने पहिलो खोप लिएर संक्रमणमा परेको हो र दोस्रो खोप लगाउने समयमा पाइएन भने सोही अवधी काटेपछि पछि लगाउन सकिन्छ ।

सरकारले पछि छुट भएकाहरुलाई पनि दिने व्यवस्था मिलाउदै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *