अमेरिकाबाट अर्को साता स्वास्थ्य सामाग्री आउने

काठमाडौं, ३० बैशाख । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने बताएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसंगको टेलिफोन कुराकानीका क्रममा राजदूत बेरीले सो जानकारी दिएका हुन् ।

कोरोना संक्रमणले तिब्रता लिएका बेला यतिवेला अस्पतालहरुमा उपचारका लागि प्रयोगहुने अक्सिजन लगायतका न्युनतम साधनहरुको समेत अभाव भएको छ । सोही अभावलाई चिर्न उपप्रधानमन्त्री पोखरेले कुटनीतिक पहल गरेका हुन् ।

‘सहयोगको आश्वासन आएको छ तर के के सहयोग गर्ने भन्ने बारेमा आइतबारसम्म टुंगो लाग्ने भनिएको छ,’ उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले भने ।

। ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीलाई उदृत गर्दै पाण्डेले भने ।

यसअघि पोखरेलले पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन राजदूत बेरीलाई आग्रह गरेका थिए । उनले नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको भनेका थिए । मन्त्री पोखरेलले अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको समेत राजदूत बेरीलाई सुनाएका थिए ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको जानकारी गराएका थिए ।

राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *