कोभिसिल्ड र कोभ्याक्सिन खोप आयात गर्न दुई निजी कम्पनीलाई अनुमति

काठमाडौँ, २२ बैशाख । औषधि व्यवस्था विभागले कोभिडबिरुद्ध प्रयोग भएका दुईवटा खोप कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको छ ।

विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिव्युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिइएको हो ।

यसअघि विभागले यी दुई खोपहरुलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । कोभिसिल्ड खोप नेपालमा करीब २१ लाख बढीले लगाइसकेका छन् ।

विभागका प्रवक्ता सन्तोष केसीले यसअघि आकस्मिक प्रयोगका लागि अनुमति दिइएको यो औषधि ल्याउनका लागि निजी दुईवटा कम्पनीलाई आयात अनुमति दिइएको बताए । उनले आयात कम्पनीले सबै सेवा सुविधासहित १० प्रतिशत बढी मुनाफा लिन नपाउने स्पष्ट पारे ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरीदका लागि सरकार सरकार (जीटूजी)बीच मात्रै गर्ने बताएका थिए । तर संक्रमण बढदै जाँदा निजी खोप खरीदका लागि निजी क्षेत्रलाई सामेल गराइएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले गत १९ गते मन्त्रीस्तरीय निर्णय भएको र त्यसैले टेकेर अनुसूती ७ अनुसार आयात अनुमति दिइएको बताए । उनले महामारीका बेला आवश्यक पर्ने औषधि तथा खोपहरुको आयातका लागि आवश्इक कागजात र आयात गर्न सक्ने परिमाणसहित आधिकारिक आयातकर्ताद्धारा आयात सिफारिस माग भई आएमा नियमानुसार अनुमति प्रदान गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *