नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु

काठमाडौँ, २१ बैशाख । नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ । नेपालमा यो मृत्यु संख्या कोरोना संक्रमणबाट एकै दिन भएको अहिलेसम्मकै बढी हो । त्यसो त सोमबारको संख्या पनि बढी थियो । हिजो संक्रमणबाट देशभर ३७ जनाले ज्यान गुमाएका थिए । हिजो भन्दा आज थप १८ जना बढीले ज्यान गुमाएका छन् ।

नेपालमा अहिले फैलिएको दोस्रो लहरले तिब्र संक्रमण र तिब्र गम्भीर असर देखिएको छ । लक्षण देखिएका अधिकांशलाई अक्सिजनको सपोर्ट आवश्यक परेको छ । कतिपय स्थानमा समयमै अक्सिजन नपाएर संक्रमितहरुको ज्यान गएको खवर आएको छ ।

सरकारले अक्सिजनका लागि देश भित्र र बाहिरबाट सकेको प्रयास गरिरहेको बताएको छ । यद्धपी दिनहुँ मृत्युसंख्याले रेकर्ड राख्दै जाँदा सामाग्री, जनशक्ति र व्यवस्थापनमा थप तिब्रता दिनुपर्ने देखिएको छ ।

मृत्यु मात्रै होइन आज देशभर संक्रमित संख्याले पनि रेकर्ड राखेको छ । कुल १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ जनामा पोजेटिभ देखिएको छ । अझ यसमा एन्टीजेनबाट पोजेटिभ आएको संख्या जोडदा आज कुल ७ हजार ६६० जनामा संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *