पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्षका १८७१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका थप १ हजार ८७१ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार कुल ७ हजार ४ सय ४८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्ति १ हजार ८७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी ० देखि ९ वर्षका १५६ जना, १० देखि १९ वर्षका ४२९, २० देखि २९ वर्षका १ हजार ६८८, ४० देखि ४९ वर्षका १ हजार ३६९ जना , ५० देखि ५९ वर्षका ९८८ जना, ६० देखि ६९ वर्षका ५२२, ७० देखि ७९ वर्षका २२०, ८० देखि ८९ वर्षका ७९ जना ९० देखि १०० वर्षका ९ जना र अज्ञात ४७ रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



