बाँकेमा पछिल्लो १२ घण्टामा थप ८ जनाको मृत्यु

फाइल तस्बिर

नेपालगञ्ज, २० बैशाख । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो १२ घण्टा भित्रको हो । बाँकेस्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)का फोकल पर्सन तेज वलीका अनुसार हिजो बेलुका ८ बजे देखि विहान ८ बजेसम्म थप ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोहलपुर १५ बाँकेका ६० बर्षीय पुरुष, खजुरा २ बाँके कै २५ बर्षका पुरुष, बर्दिया बढियातालका ४७ बर्षीया पुरुष रहेका छन् । यस्तै बैजनाथ ८ बाँकेका ६० बर्षीया महिला, नेपालगञ्ज १ का ३७ बर्षका पुरुष, नेपालगञ्ज ७ का ४८ बर्षका पुरुष, नेपालगञ्ज ३ का ५१ बर्षका पुरुष र बाँकेकै ३३ बर्षीया महिलाको ज्यान गएको छ ।

‘अवस्था एकदमै विकराल बन्दै गएको छ । हिजो मात्रै १२ जनाको ज्यान गएको छ । अस्ती १० जनाको ज्यान गएको थियो । दैनिक औषतमा १० १२ जनाको ज्यान थाल्यो,’ वलीले भने ।

उनले अहिले ठूला भनिएका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा क्रमश २९४ जना र १५० जना गम्भीर बिरामीको उपचार भइरहेको जानकारी दिए । अरु स्थानीय पालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर राखिएको तर गम्भीर बिरामीको संख्या धेरै हुँदा समस्या परिरहेको जानकारी दिए ।

‘अव यहाँ अक्सिजन अभाव हुनसक्ने समेत देखिएको छ । तत्काल यसमा ध्यान दिनुपर्ने छ । बिरामीको चाप अनुसार अस्पतालको बेड उपलव्ध छैन् । जनशक्तिको पनि प्रयाप्तता छैन् । तत्कालै एक हजार बेडको अस्थायी अस्पताल आइसीयू एचडीयू सहितको खोल्नुपर्ने जस्तो देखिएको छ । किनभने मान्छे मृत्यु हुने क्रम बढ्न थाल्यो,’ उनले भने ।

उनले थप आइसीयू र भेन्टिलेटर सहितको सेवा उपलव्ध केन्द्र र प्रदेशको ध्यानाकर्षण गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *