देशभर थपिए ७२११ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौँ, १९ बैशाख । देशभर आइतबार थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ७४४, ललितपुरमा ५५०, भक्तपुरमा ३०१ जना गरी ३ हजार ५९५ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १६ हजार १४७ जनाको पीसीआर गर्दा ७ हजार १३७ जनामा पोजेटिभ र ६२३ जनाको एन्टीजेन परीक्षण गर्दा ७४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले यहि अवधीमा २७ जनाको मृत्यु भएको जनाएको छ । यहि अवधीमा १ हजार ६१२ जना भने निको भई घर फर्केका छन् ।
आज देखिएको संक्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यो संगै देशमा सक्रीय संक्रमितको संख्या ४८ हजार ७११ जना पुगेको छ । क्वारेनटीनमा ६७ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ४७७ र भेन्टीलेटरमा १३१ जना उपचाररत छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *