गण्डकीका थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा, १९ बैशाख । कोरोना संक्रमणबाट कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले केही बेर अघि जारी गरेको विज्ञप्तीमा कास्कीका ५ जना, दाङ, रुपन्देही र पर्वतका १ – १ जना रहेका छन् ।

निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माका अनुसार पोखरा महानरपालिका १६ का ७७ बर्षीय पुरुषको शनिबार दिउसो सवा १ बजे होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई १६ बैशाखमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यस्तै पोखरा मनपा २६ की ५८ बर्षीया महिलाको १८ गते विहान साढे १० बजे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई १५ बैशाखमा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा १६ का ७३ बर्षीया महिलाको शनिबार अपरान्ह सवा ४ बजे मृत्यु भएको थियो । उनको मेडीप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई १२ बैशाखमा कोरोना पुष्टि भएको थियो ।

पोखरा १० कि अर्की एक महिलाको शनिबार साढे ५ बजे मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उनको १६ बैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १९ का ५४ बर्षीय पुरुषको शनिबार बेलुका साढे ७ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पर्वतको कुस्मा नगरपालिका ५ कि ७६ बर्षीया महिलाको शनिबार दिउसो साढे ३ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनको १७ बैशाख शुक्रबार कोरोना पुष्टि भएको थियो । यस्तै दाङ रानी गाँउपालिका ५ निवासी ४३ बर्षीय पुरुषको शनिबार विहान साढे १ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई १५ बेशाखमा कोरोना पुष्टि भएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका ३ का ७५ बर्षीय पुरुषको आज विहान साढे १० बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको छ । उनलाई गत ९ बैशाखमा कोरोना पुष्टी भएको थियो ।

यी सहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *