पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्षका १४४१ जनामा कोरोना संक्रमण


काठमाडौँ, १८ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका थप १ हजार ४४१ जना कोरोना संक्रमित भेटिएका छन् । हिजो पनि सो उमेरका सबैभन्दा धेरै १ हजार ३८९ जनामा संक्रमित भेटिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार कुल ५ हजार ७ सय ६३ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्ति १ हजार ४४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका १०३ जना, १० देखि १९ वर्षका ३३५, २० देखि २९ वर्षका १ हजार ३४६, ४० देखि ४९ वर्षका १ हजार ८३ जना , ५० देखि ५९ वर्षका ७४३ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी बितेको चौबिस घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । हिजो सबैभन्दा धेरै ३३ जना संक्रमितको मृत्यु भएको थियो । भने आज १ हजार सय २ सय ८७ जना निको भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ४०१ र भेन्टीलेटरमा ११० जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *