डा. बाबुराम भट्टराईको आज वीर अस्पतालमा ट्युमरको सर्जरी हुँदै

अप्रेशन थिएटरमा जानु अघि डा भट्टराईले पोष्ट गरेको पत्नी हिसिला यामीसंगको तस्बिर

काठमाडौँ, १७ बैशाख । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको आज न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । सर्जरीका लागि डा भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए । उनको सर्जरी वीर अस्पतालमा बरिष्ठ सर्जन डा सुवोध अधिकारीको नेतृत्व हुँदैछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । तर त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज शल्यक्रिया गर्न लागिएको हो ।

‘खासमा उहाँको डुडेनममा ट्युमर छ । त्यो छिटै फाल्नुपर्ने भएकाले नै आज हामीले शल्यक्रियाको तयारी गरेका हौँ । म अहिले अप्रेसन थिएटरमा छिरिसकेको छु । अब केही छिनमा उहाँ (डा भट्टराई ) लाई ल्याइन्छ । शल्यक्रियाका लागि हाम्रो टोली तयारी अवस्थामा छ,’ शल्यक्रियाको नेतृत्व गर्दै गरेका डा अधिकारीले भने । उनले छिटै सर्जरी गर्नु पर्ने भएकोले नै कोभिडको महामारीको बेलामा पनि केही समय नपर्खी यो शल्यक्रिया गर्न आटिएको बताए ।

यता डा भट्टराईले पनि केही बेर अघि पत्नी हिसिला यमिसंग बसेको तस्बिर सार्वजनिक गरेका छन् । वीर अस्पतालमा हामी भन्दै स्टाटस लेखेर पोष्ट गरेको तस्बिरमा धेरैले स्वास्थ्यलाभको कामना गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *