आइसियु बेड,अक्सिजन सिलिन्डर लगायत १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने सरकारको निर्णय

काठमाडौँ, १६ बैशाख । सरकारले कोभिड १९ संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दश सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय गरेको हो।
बैठकले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो।
यी हुन् कर छुट हुने दश सामग्री

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



