बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु

220
Shares


काठमाडौँ, १५ बैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार थप १७ जनाको मृत्यु भएको हो । गएको दिन (हिजो) १८ जनाको मृत्यु भएको थियो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको छ ।

त्यस्तै आज १३ हजार ८ सय ७९ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा १२३ जना गरी थप ४ हजार ८ सय ९७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भने ७ सय ७३ जना निको भई डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाकामा मात्रै २ हजार ४७ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ । क्वारेनटीनमा ५४ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ३१७ र भेन्टीलेटरमा ९८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *