प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


काठमाडौँ, १५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

शरीरमा सोडियमको मात्रा कम भएपछि  दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो। र अहिले अवस्था  स्थिर  नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

उनी लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित छिन्। जसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भनिन्छ। उनलाई उपचारका लागि अमेरिका, सिंगापुर लगायत पछिल्लो समय भारत पनि लगिएको थियो । ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *