चार जना मुटुरोग विशेषज्ञलाई सम्मान

काठमाडौँ, १३ बैशाख । बिपन्नका लागि स्वास्थ्य नेपाल नामक संस्थाले चार जना मुटुरोग विशेषज्ञलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा भगवान कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा रत्नमणी गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई रहेका छन् । उनीहरु चारै जना बिपन्नका लागि स्वास्थ्य नेपालका सल्लाहकार समेत हुन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुलाई पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले सम्मान गरेका थिए । नेपालको मुटुरोगको उपचारमा उत्कृष्ठ कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले सम्मानित चारै जनाले नेपालको मुटुरोगको क्षेत्रमा अतुलनिय योगदान गरेको बताए । उनले विपन्नका लागि स्वास्थ्य नेपालले पनि नेपालको स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको उल्लेख गरे ।

विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्नबहादुर थापाले देशको धेरै जनसंख्या स्वास्थ्यको पँहुच बाहिरै रहेको उल्लेख गर्दै तिनिहरुको रोग पहिचान गरि थप उपचारका लागि आफूले पहल गरिरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *