पछिल्लो चौबिस घण्टामा थप २८ जना संक्रमितको मृत्यु


काठमाडौँ, १२ बैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार थप २८ जनाको मृत्यु भएको हो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।

त्यस्तै आज ९ हजार २ सय ९२ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जना गरी थप ३ हजार १ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । छ । भने ४ सय ५० जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । क्वारेनटीनमा ६९ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २५२ र भेन्टीलेटरमा ६५ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *