नेपालमा एकैदिन थपिए ३ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ, १२ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सोही अवधिमा ४ सय ५० जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९२.५ प्रतिशत पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी १ हजार ४ सय ९८ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जना गरी थप ३ हजार १ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । क्वारेनटीनमा ६९ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २५२ र भेन्टीलेटरमा ६५ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *