भोलिदेखि काठमाडौँका सात ठाँउमा पहिलो डोज खोप दिईदै, दोस्रोका लागि तीन केन्द्र तोकियो (खोप केन्द्रसहित)

काठमाडौँ, ११ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले आइतबार ( १२ बैशाख) देखि कोभिडविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थपेको छ । गत ७ बैशाख देखि शुरु भएको दोस्रो डोज खोप लगाउने अवधी आज अन्तिम भनिए पनि तीन स्थानबाट सो खोप लगाउने कार्यलाई भोलि पनि निरन्तरता दिइने बताएको छ ।

कहाँ कहाँ दिइदै छ पहिलो खोप भेरोसेल ?
सरकारले गत २५ चैत देखि चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आम सर्वसाधारणका लागि दिन शुरु गरेको हो । गत ७ बैशाख देखि आजसम्म दोस्रो डोज कोभिसिल्ड लगाउने तालिका थपिएपछि भेरोसेलको पहिलो खोप दिने अभियानलाई अलिक खुम्च्याइएको थियो । तर भोलिबाट काठमाडौंका ७ वटा खोप केन्द्रमा सो खोप आम सर्वसाधारणका लागि उपलव्ध हुँदैछ ।

ती खोप केन्द्रहरुमा :
१. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
२. हिमाल अस्पताल ज्ञानेश्वर
३. निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर
४. नेपाल मेडिकल कलेज जोरपाटी
५. परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली
६ काठमाडौँ मेडिकल कलेज सिनामंगल
७ सशस्त्र प्रहरी अस्पताल बलम्बु

दोस्रो डोज खोप (कोभिसिल्ड) दिने खोप केन्द्र
गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई ७ देखि आजसम्मका लागि ९५३ वटा खोप केन्द्र तय गरी दोस्रो डोज खोप दिने तालिका बनाएको थियो । तर काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको निस्कर्ष निकाल्दै स्वास्थ्य कार्यालयले भोलिबाट तीनवटा खोप केन्द्रमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिने बताएको छ ।

ती खोप केन्द्रहरु यसप्रकार छन् :
१. वीर अस्पताल महावौद्य
२. शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
३. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

भक्तपुरमा ४ ठाँउबाट भेरोसिल खोप दिईदै
यसैबीच स्वास्थ्य कार्यालय भक्तपुरले पहिलो चरणको खोप नलगाएका १८ बर्ष देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई भोलि देखि ४ ठाँउबाट भेरोसेल खोप दिने भएको छ । सो खोप प्राथमिक स्वास्थ्य केन्द्र च्याम्पासिंह, छागु, दधिकोट र नेपाल कोरिया मैत्री हस्पिटलमा दिने जनाएको छ । भेरोसिल खोप १८ देखि ५९ बर्ष उमेर समूहका लागि दिइनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *