भारतमा बुधबार थपिए ३ लाख १५ हजार कोरोना संक्रमित

76
Shares

काठमाडौं, ९ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले तिब्रता लिने क्रम रोकिएको छैन् । बुधबार मात्रै त्यहाँ ३ लाख १५ हजार ४७८ जना नयाँ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणमा परेका २ हजार १०१ जनाले सोही दिन ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म २२ लाख ८४ हजार २०९ जनाको उपचार भइरहेको छ । बुधबार मात्रै १ लाख ७९ हजार ३७२ जना बिरामी निको भएर घर फर्केको बताइएको छ । यसअघि मंगलबार देशमा २ लाख ९४ हजार बढी नयाँ संक्रमित देखिएका थिए । सो दिन २ हजार २१ जनाको ज्यान गएको थियो ।

भारतमा देखिएको संक्रमण देशमा मात्रै होइन संसारमै सबैभन्दा बढी हो । अहिले राजधानी दिल्ली सहित कतिपय राज्यमा कोभिड बिरामीका लागि चाहिने अक्सिजन तथा रेम्डेसिभिर इन्जेक्सनको समेत अभाव भएको बताइएको छ ।

संक्रमण नियन्त्रण बाहिर हुँदै जाँदा कतिपय राज्यहरुले लकडाउनको घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा महासंकट आइलागेको भन्दै जनतालाई स्वास्थ्यसम्वन्धी सबै नियम अनिवार्य रुपमा पालना गर्न आव्हान गर्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *