देशभर एकैदिन थपिए २३५१ जना कोरोना संक्रमित

काठमाडौँ, ८ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सोही अवधिमा थप २८७ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९५.३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी १ हजार ५१ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । क्वारेनटीनमा ८६ जना छन् । भने आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *