पाँच वर्ष मुनिका ३५६५ जना बालबालिकालाई कोरोना संक्रमण, १० जनाको मृत्यु

1.1k
Shares

काठमाडौँ, ५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुमा पनि कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ । हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिका खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा शनिबारसम्मको तथ्यांक दिदै पाँच बर्ष मुनिका ३ हजार ५६५ जना बालबालिका कोरोना संक्रमणमा परेको बताए । उनले अहिले पनि सोही उमेर समूहका ५१ जना सक्रिय संक्रमित रहेर उपचार गराईरहेको जानकारी दिए ।

उनले गतवर्ष देखि अहिलेसम्म कोरोनाबाट पाँच बर्ष मुनिका १० बालबालिकाले ज्यान गुमाईसकेको समेत उनले तथ्यांक प्रस्तुत गरे ।

डा गौतमले चिकित्सकहरुलाई सार्वजनिक सञ्चारमाध्यममा तथ्यमा नपुगी हचुवाको भरमा आफ्ना धारणा नराख्न समेत निर्देशन दिएका छ । उनले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको दर उत्तिकै रहेको भन्दै गम्भीर बनेर स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *