भेरी अस्पतालमा ८१ नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण


नेपालगञ्ज, ५ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा बितेको चौबिस घण्टामा थप ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतवार ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ७५ जना अर्थात ९०.६ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । यसअघि हिजो शनिवार १९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा १०६ जनाको पोजेटिभ देखिएको थियो ।

अस्पतालका अनुसार यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभ रेट यति उच्च आएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *