चौविस घण्टामा थपिए ३३७ जना कोरोना संक्रमित, १५१ डिस्चार्ज

  • सक्रिय संक्रमितको संख्या २ हजार ८ सय
  • - नेपाली हेल्थ


    काठमाडौँ, २८ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ३७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा १ सय ५१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

    देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर ३ सय ३७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको छ । क्वारेनटिनमा ८४ जना रहेका छन् । गएको चौबिस घण्टामा थप १ जना संक्रमितको मृत्यु भएके छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ ।


    Facebook Comment


    थप समाचार