टेकुमा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण, तीन घण्टामै रिपोर्ट आउने

232
Shares

काठमाडौँ, २५ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण सेवा सञ्चालनमा ल्याएको छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।

यसअघि त्यहाँ पीसीआर विधिबाट मात्रै परीक्षण गरिने गर्दथ्यो ।

‘विहान ९ बजे देखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट कोरोना भाइरसको परीक्षण हुन्छ । स्याम्पल दिएको ३ घण्टामा रिपोर्ट आइसक्छ । यसको रिपोर्ट पनि पीसीआरको जस्तै विश्वसनीय मानिन्छ,’ प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले भने ।

उनले परीक्षणका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक वा अस्पताल को सिफारिस आएको खण्डमा मात्रै यो सेवा लिन सक्ने स्पष्ट पारे ।

प्रयोगशालाले जीन एक्सपर्टविधिबाट कोरोना परीक्षण गर्दा एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ । त्यसो त त्यहाँ पीसीआर विधिबाट परीक्षण गर्दा पनि शुल्क एक हजार रुपैयाँ नै तिर्नुपर्ने हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *