भारतमा सोमबार साढे ९६ हजार कोरोना संक्रमित थपिए

156
Shares

एजेन्सी । भारतमा कोरोना संक्रमणको ग्राफ सोमबार अघिल्लो दिनको तुलनामा थोरै कम देखिएको छ । तर संक्रमणदर फेरी पनि डरलाग्दो नै आएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो चौविस घण्टामा देशमा ९६ हजार ५६३ जना नयाँ संक्रमित भेटिएका छन् । सोही अवधीमा ५० हजार ९५ जना निको भएका छन् । संक्रमितमध्ये ४४५ जनाको यहि अवधीमा ज्यान गएको छ ।

यसअघि आइतबार देशमा अहिलेसम्ममै बढी अर्थात १ लाख ३ हजार ७९४ जना नयाँ संक्रमित भेटिएका थिए । आइतबारको तुलनामा सोमबार केही कमि देखिएपनि संक्रमणदर भने निकै बढी हो ।

मन्त्रालयले सोमबार नयाँ संक्रमित र डिस्चार्ज हुनेको हिसाव निकाल्दै देशमा थप ३० हजार बढी सक्रिय संक्रमित थपिएको बताएको छ । अहिले भारतमा १ करोड २७ ला बढी जनता कोरोनाको संक्रमणमा परेका छन् । यसमा १ करोड १७ बढी निको भएका छन् । १ लाख ६५ हजार बढीको ज्यान गएको छ ।

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा परेको छ । यस्तै दिल्ली, मध्यप्रदेश, पञ्जाव, गुजरात, राजस्थान लगायतका राज्यहरुमा संक्रमण बढदो क्रममा देखिएको छ ।

भारतमा कोरोना संक्रमणको आजको अपडेट:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *