शनिबार देशभर थपिए १२८ जना कोरोना संक्रमित, १६१ जना डिस्चार्ज


काठमाडौँ, २१ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप १ सय ६१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५७, भक्तपुरमा २ र ललितपुरमा १० जना गरी ६९ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय २७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय २८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १३ रहेको छ । क्वारेनटिनमा ३९ जना रहेका छन् । चौविस घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *