सहज उपचारका लागि ट्रक व्यावसायीले गरे ट्रमा सेन्टरसंग सम्झौँता

1.8k
Shares

काठमाडौँ १९ चैत । दुर्घटनाका घाइतेहरुको सहज उपचारका लागि नेपाल ट्रक यातायात व्यवसायी महासंघले राष्ट्रिय ट्रमा सेन्टरसंग सम्झौँता गरेको छ । बुधबार अस्पतालमा आयोजित कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र अस्पतालका तर्फबाट निर्देशक डा सन्तोष पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौँतापछि व्यवसायीले अस्पतालको खातामा अग्रिम रकम जम्मा गर्ने र त्यहि रकमबाट दुर्घटनामा परेकाहरुलाई सहज ढंगले उपचार गर्ने हुने भएको छ । ‘हुन त हामीकहाँ दुर्घटनाकै बिरामी आउने हो । तत्काल पैसा नभएपनि हामीले उपचार रोक्दैनौँ सुरु गरिनै हाल्छौँ । तर उहाँहरुले उपचारका लागि केही सुनिश्चितता खोज्नुभयो र सम्झौँता नै गर्न भन्नुभयो । यसले दुबै पक्षलाई थप जिम्मेवार बनाउने छ,’ डा पौडेलले भने ।

महासंघमा अहिले विभिन्न १४ वटा शाखा र त्यसअन्तरगर्त ७० हजार बढी ट्रक सञ्चालनमा रहेका छन् । ट्रमाले सम्झौँता पछि ट्रक दुर्घटनासंग जोडिने केश हेर्नका लागि एक जना फोकल पर्सन तोकिदिने समेत बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *