चौविस घण्टामा थपिए १५२ जना कोरोना संक्रमित, ६५ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, १९ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप ६५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय १३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ५२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ रहेको छ । क्वारेनटिनमा ६३ जना रहेका छन् । चौविस घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।


Facebook Comment


थप समाचार