चौविस घण्टामा थपिए १६२ जना कोरोना संक्रमित, ५९ जना डिस्चार्ज


काठमाडौँ, १८ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप ५९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ९ सय १९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ६२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । चौविस घण्टामा संक्रमित मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *